कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन | Khabarhub Khabarhub

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


46.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताएकी छन् । 

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ ।  नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्‍टि गरिने छ। 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ३९ बजे

रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदैछ : ऊर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो

चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण

नवलपरासी- पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पुगेको छ

एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं – एसिया कप राइजिङ स्टार्समा भारत ‘ए’ लाई हराउँदै

कैलालीको ‘टीकापुर पार्क’ : प्रचार नहुँदा ओझेलमा (फोटोफिचर)

कैलाली– कैलालीको टीकापुरमा २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न

सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो

काठमाडौं – सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर