निष्क्रिय कर्जा अनुपात बढ्योः गभर्नर « Khabarhub

मौद्रिक नीति

निष्क्रिय कर्जा अनुपात बढ्योः गभर्नर


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा अनुपात बढेको उल्लेख गरेका छन्‌ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति वाचन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रको पछिल्लो अवस्था मिश्रित रहेको बताए ।

‘आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्मको तथ्याङ्क अनुसार मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको छ । वाह्य क्षेत्र सबल रहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको छ,’ गभर्नर अधिकारीले भनेका छन्‌ ।

अघिल्लो वर्षको तुलनामा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सुधार भएको अनुमान पनि अधिकारीले सुनाए । तर, नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्यभन्दा न्यून रहन गएको तथा बैं‌क तथा वित्तीय संस्थाको कर्जा विस्तार अनुमान गरिएभन्दा कम रहेको अधिकारीले बताएका छन्‌ ।

विश्व अर्थतन्त्रमा क्रमिक सुधार आए पनि सुधारको गति सुस्त र असमान रहेको, विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धि र मुद्रास्फीति कोभिडपूर्वको अवस्थामा पुग्न लागेको, तर धेरैजसो उदयीमान र विकासोन्मुख राष्ट्रहरूमा आर्थिक वृद्धि लयमा फर्कन नसकेको मौद्रिक नीतिमा उल्लेख छ ।

ती मुलुकमा मुद्रास्फीति पनि उच्च रहेको अनुमान गभर्नरले गरेका छन्‌ । यसले गर्दा धेरैजसो केन्द्रीय बैंकहरूले नीतिगत दरलाई अझै माथिल्लो स्तरमै राखेका छन्‌ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ५२ बजे

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली