निष्क्रिय कर्जा अनुपात बढ्योः गभर्नर | Khabarhub Khabarhub

मौद्रिक नीति

निष्क्रिय कर्जा अनुपात बढ्योः गभर्नर


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा अनुपात बढेको उल्लेख गरेका छन्‌ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति वाचन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रको पछिल्लो अवस्था मिश्रित रहेको बताए ।

‘आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्मको तथ्याङ्क अनुसार मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको छ । वाह्य क्षेत्र सबल रहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको छ,’ गभर्नर अधिकारीले भनेका छन्‌ ।

अघिल्लो वर्षको तुलनामा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सुधार भएको अनुमान पनि अधिकारीले सुनाए । तर, नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्यभन्दा न्यून रहन गएको तथा बैं‌क तथा वित्तीय संस्थाको कर्जा विस्तार अनुमान गरिएभन्दा कम रहेको अधिकारीले बताएका छन्‌ ।

विश्व अर्थतन्त्रमा क्रमिक सुधार आए पनि सुधारको गति सुस्त र असमान रहेको, विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धि र मुद्रास्फीति कोभिडपूर्वको अवस्थामा पुग्न लागेको, तर धेरैजसो उदयीमान र विकासोन्मुख राष्ट्रहरूमा आर्थिक वृद्धि लयमा फर्कन नसकेको मौद्रिक नीतिमा उल्लेख छ ।

ती मुलुकमा मुद्रास्फीति पनि उच्च रहेको अनुमान गभर्नरले गरेका छन्‌ । यसले गर्दा धेरैजसो केन्द्रीय बैंकहरूले नीतिगत दरलाई अझै माथिल्लो स्तरमै राखेका छन्‌ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ५२ बजे

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी

बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा– हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर – कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

नाङ्लो बुनेर लोभलाग्दो आम्दानी  

धरान – इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको