बर्दिबासमा सर्पदंशका बिरामीको उपचार निःशुल्क « Khabarhub

बर्दिबासमा सर्पदंशका बिरामीको उपचार निःशुल्क


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– यहाँको बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बिहीबार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गरे ।

‘नगरक्षेत्रमा हुने सर्पदंशका बिरामीको उपचार अब निःशुल्क हुन्छ’, नगरप्रमुख क्षत्रीले भने, ‘केन्द्रमा सर्पदंश उपचारका लागि विशेषज्ञसहितका सुविधा सम्पन्न पूर्वाधार बनाइनेछ ।’ सोही अवसरमा क्षत्रीले केन्द्रलाई भवन अपुग देखिएको हुँदा थप दुईकोठे भवन तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाए ।

बर्दिबास नगरक्षेत्र ‘सर्पको खानी’ का रुपमा चिनिन्छ । खासगरी करेत र गोमन जस्ता विषालु सर्पको बसेराले यो क्षेत्र सर्पदंशको अति प्रभावित क्षेत्र हो । सर्पले डसेपछि उपचारका पर्याप्त साधन नहुँदा गम्भीर बिरामीलाई अन्यत्रका सर्पदंश उपचार केन्द्रमा पठाउने गरिएको छ । यो अवस्था अन्त्य गर्न केन्द्रलाई साधन सम्पन्न बनाएर निःशुल्क उपचार गर्ने घोषणाले नगरवासीले राहत महसुस गरेका छन् ।

सर्पको बिगबिगी भएको यस ठाउँमा विसं २०७१ साउन ३१ गते सर्पदंश उपचार केन्द्रको स्थापना भएको थियो । केन्द्रमा सर्पदंशको उपचारमा दक्ष नेपाली सेनाका छ जनाको जनशक्तिले सेवा दिँदै आएको छ । 

अब केन्द्रमा थप साधनसहित विशेषज्ञको प्रबन्ध गरिने र बिरामीको निःशुल्क उपचार हुँदा नगरवासी लाभान्वित हुने सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटा बताउँछन् । बर्दिबास नगरक्षेत्रका ७५ हजार जनसङ्ख्या उपचार केन्द्रमार्फत प्रत्यक्ष लाभान्वित हुने देवकोटाको भनाइ छ ।

यसअघि बर्दिबास–३ को वडाकार्यालयले वडाबासीका लागि सर्पदंशको निःशुल्क उपचारको प्रबन्ध गत असारदेखि सुरु गरेको थियो । वडा कार्यालयले केन्द्रको मागअनुसार औषधि र सेवाशुल्कवापत रकम दिँदै आएको छ । 

केन्द्रमा बर्दिबास नगरक्षेत्रबाहेक गौशाला, भङ्गाहा, औरही, शरामगोपालपुर, सोनमा र सीमा जोडिएका धनुषा, सर्लाही र सिन्धुलीका सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ०१ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको