जहाज दुर्घटनाबारे सौर्यले भन्यो : भावविह्वल छौँ, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ « Khabarhub

जहाज दुर्घटनाबारे सौर्यले भन्यो : भावविह्वल छौँ, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्स व्यवस्थापनले बुधबार त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनामाबाट मर्माहत र भावविह्वल भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सौर्यले मृतकका १८ जनाका परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव रहने विश्वास दिलाएको छ ।

अध्यक्ष दीपक पोखरेल तथा कम्पनीकातर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउछौँ ।’

दुर्घटनामा परि बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको शिघ्र स्वास्थ्य लाभको कामनासमेत एयरलाइन्सले गरेको छ । उनको अहिले काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्थामा सुधार भएपछि उनलाई सघन उपचार कक्षबाट निकालिएको छ ।

नियमित प्राविधिक परीक्षण तथा मर्मतका लागि पोखरा विमानस्थलतर्फ उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त दुर्घटनामा एकै परिवारका तीनसहित अधिकांश कम्पनीकै प्राविधिक कर्मचारीले ज्यान गुमाएका थिए । दुर्घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : ४० बजे

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके

दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए

दाङ– दाङमा १४ हजार बढी मतदाता थपिएका छन् । निर्वाचन

काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

इजरायलद्वारा वेस्ट ब्यांककबाट ५० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले मंगलबार वेस्ट ब्यांककमा व्यापक

दबाबमा काठमाडौंको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको