फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु « Khabarhub

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ । दोस्रो चरणको छायांकन शुक्रबारदेखि भक्तपुरको दुवाकोटबाट सुरु गरिएको हो ।

दोस्रो चरणको छायांकनसँगै फिल्ममा अभिनेतृ अलिशा बास्तोलाको प्रवेश भएको छ । ठूलो पर्दामा उनको यो डेब्यू हो । यस अघि उनले दजनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् । निर्माता विनोद पौडेलले फिल्ममा अलिशाको विशेष भूमिका रहेको छ।

पहिलो चरणमा फिल्मको छायांकन गत जेठ २४ गतेबाट सुरु भएको थियो । ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन सुटिङ भएको थियो ।

सोसल-ड्रामा जनरा बनेको यस फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको निर्माण पक्षको भनाइ छ ।

फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । बालकालकारमा जान्भि पौडेल र स्वयम् केसीको अभिनय रहने छ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यस फिल्मको निर्देशक सरोज पौडेल हुन् । उनी स्वयमको कथा रहेको छ भने महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । निर्माताहरू विनोद र प्याट्रिक सुबेदी हुन् ।

फिल्मको प्रदर्शन मिति अहिलेसम्म तोकिएको छैन । विसं २०८२ सालमै प्रदर्शनमा ल्याउने निर्माण पक्षको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : ४६ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा