‘राष्ट्रियसभाका गतिविधिलाई मिडियाले दिएको प्राथमिकतामा समीक्षा गरौँ ‘ « Khabarhub

‘राष्ट्रियसभाका गतिविधिलाई मिडियाले दिएको प्राथमिकतामा समीक्षा गरौँ ‘


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा दाहालले राष्ट्रिय सभाको गतिविधि पत्रकारितामा कम प्राथमिकता परेकोमा गुनासो गर्दै राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले सञ्चारमाध्यममा राष्ट्रियसभा ओझेलमा पर्दा आम नागरिक राष्ट्रिय सभाको गतिविधिमा सुसूचित हुने अवसरबाट वञ्चित हुने धारणा राखे ।

उनले सभाका गतिविधि जनतासमक्ष लैजान र नागरिकको सूचित हुने अधिकार सुनिश्चित गर्नमा जोड दिए ।

अध्यक्ष दाहालले सरकारी विधेयकको हकमा नेपालमा हालसम्म तीन वटा गैरसरकारी विधेयक ऐन बनेको इतिहास रहेको र त्यी विधेयक  राष्ट्रिय सभामै उत्पत्ति भएर ऐन बनेको जानकारी दिए ।

त्यसतै कार्यक्रममा  राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले पत्रकारले उठाएका विषय सांसद र संसदीय प्रक्रिया सुधार गर्ने अवसर हुने उल्लेख गरिन् । उनले सञ्चारमाध्यमको प्राथमिकतामा राष्ट्रिय सभा र यसको गतिविधि पर्न नसकेकोमा पनि गुनासो गरिन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : २६ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता