कोशी सरकारबाट पनि बाहिरियो माओवादी « Khabarhub

कोशी सरकारबाट पनि बाहिरियो माओवादी


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सामेल मन्त्रीहरूले शुक्रबार दिउँसो मुख्यमन्त्री हिम्मत कार्कीलाई राजीनामा बुझाएका छन् । यससँगै माओवादी केन्द्र अब प्रतिपक्ष बनेको छ।

केन्द्रमा नयाँ गठबन्धन बनेर सबैतिर विपक्षमा धकेलिए पनि माओवादी कोशी सरकारमा बसिरहेको थियो । कोशी सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकेर पनि सरकारमा बसिरहेको भन्दै माओवादी भित्रैबाट चर्को असन्तोष थियो ।

केन्द्रमा नयाँ गठबन्धन बनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल सत्ताच्यूत बनिसक्दा पनि कोशी सरकारमा अझै बसिरहने लोभ देखाएका माओवादी मन्त्रीहरूले ‘आफूले बनाएको सरकार किन छाड्नु’ भन्दै सान्त्वना दिने गरेका थिए ।

गत वैशाख २७ मा बनेको कार्की नेतृत्वको सरकारमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीसहित चारजना सहभागी थिए।

सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री  नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र बन्दना झाँगर पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा थिए  ।

यसैबीच कोशी सरकारको नेतृत्व आलोपालो गर्न  र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच शुक्रबारबाट छलफल सुरु हुने भएको छ ।

शीर्ष नेताहरूको तहबाट  मुख्यमन्त्री पदमा आलोपालोबारे टुंगो लगाउने निर्देशन पाइसकेका दुवै दलले केन्द्रीय नेतृत्वकै उपस्थितिमा यसलाई औपचारिकता दिने बताएका छन् ।

सरकारमा सामेल माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले र कांग्रेसबीच सरकारको भागबन्डा लगायतका विषयमा छलफल शुरु हुने प्रदेश सभा सदस्य भीम पराजुलीले बताए।

पराजुलीका अनुसार पार्टीका शीर्ष नेताहरूको निर्देशनअनुसार मुख्यमन्त्री पदमा एमाले र कांग्रेसले आलोपालोको समय सीमा निर्धारण गर्ने,मन्त्रालयहरूको भागबन्डा गर्ने र संवैधानिक नियुक्तिहरूको भागबन्डा पनि टुंगो लगाउने छ ।

त्यसबाहेक चालु आर्थिक वर्षको बजेटमा पुनरावलोकन गर्ने सहमति पनि हुनुपर्ने कांग्रेसको अडान छ । ‘ढिलोमा सोमबारसम्ममा यी सबै विषयमा सहमति हुनेछ ’, पराजुलीले भने ‘दुई दल बसेर यो विषय टुंगो लगाएपछि कांग्रेस प्रदेश सरकारमा सहभागी हुनेछ।’

बुधबार मात्रै काठमाडौंमा सम्पन्न कांग्रेस कोशी संसदीय दलको बैठकले सरकारमा सहभागी हुनुअघि भागबन्डा र बजेटबारे सहमति हुनुपर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : ४६ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको