योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ « Khabarhub

योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका नवनियुक्त  उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरूले शपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अधिकारीलाई शपथ गराएका थिए भने सदस्यलाई उपाध्यक्ष अधिकारीले शपथ गराएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले सदस्यहरूमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह ( धनुषा), प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको थियो ।

शपथ कार्यक्रममा प्रधानमन्त्री ओलीले बधाई र शुभकामना दिदै देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।

ओलीले मुलुकको मनोबल कमजोर भएको बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने बताउँदै उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ५१ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली