श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव कायम गरेको छ : राष्ट्रपति « Khabarhub

श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव कायम गरेको छ : राष्ट्रपति


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग पुर्‍याउने बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

आज विश्वभर हिन्दु धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजाअर्चना गरी श्रद्धा भक्‍तिपूर्वक धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै छन् ।

राष्ट्रपति पौडेलले गीताको माध्यमबाट सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको र गीता ज्ञानले समाजलाई सही दिशा दिन योगदान दिएको समेत उल्लेख गरेका छन् ।

द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । सोही दिनको सम्झनामा हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ४३ बजे

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि