मंगलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो « Khabarhub

मंगलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल महिला संघकी संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइएको छ ।

स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा माल्यार्पण गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।

मंगलादेवीका छोरासमेत रहेका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरेका थिए ।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए ।

कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहरूका लागि प्रेरणा रहेको भन्दै नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताइन् ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि २००४ साल साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भइ महिला संघको स्थापना भएको थियो  ।

उनले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणा पद्म कन्या क्याम्पस खोल्न तयार भएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ११ : ०३ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन