मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन् « Khabarhub

मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्


१० भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ ।

जलेश्वर अस्पताललाई सधैँ  ‘रेफर’ अस्पतालका रुपमा सुनिँदै आएको र चिकित्सक ‘अनकल’ (फोन गरेपछि मात्रै आउने) मा रहने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेको आधारमा उनीआइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुगेका थिए । निरीक्षणको क्रममा ‘इमरजेन्सी’ (आकस्मिक) वार्डमा चिकित्सक अनुपस्थित हुनाका साथै कुन चिकित्सकको ‘ड्युटी’सम्बन्धी ‘चार्ट’ नदेखिएको उनले जानकारी दिए ।

अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेको मुख्यमन्त्रीले सिंहले बताए। उनले जलेश्वर अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए।

अस्पतालमा छड्के निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले अबदेखि अस्पतालमा ड्युटीमा रहेका प्रत्येक चिकित्सकले आफ्नो ड्युटी अवधिभर अस्पतालमै बस्न निर्देशन दिएको बताए। उनले अस्पतालमा ड्युटी रहेको बेला निजी ‘क्लिनिक’ वा अन्य अस्पतालमा जाने चिकित्सकलाई कारबाही गरिने जानकारी दिए।

‘व्यक्तिगत जीवन सबैको हुन्छ, अस्पतालको ड्युटी सकेर चिकित्सकहरू पनि त्यसपछि कहीँ, कतै जान पाउनुहुन्छ’, मुख्यमन्त्री सिंहले भने, ‘तर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्न कसैलाई छुट छैन ।’

उनले अबदेखि चिकित्सक र स्वास्थ्यकर्मी सबै नियमित उपस्थित हुनुपर्ने, सरसफाइ तथा अस्पतालका सबै क्षेत्रको व्यवस्थापन मापदण्डबमोजिम गरिनुपर्ने र अस्पतालको क्षमताबमोजिम बिरामीको सङ्ख्या रहनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  १२ : ५९ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय