चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा « Khabarhub

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृष्ण जन्माष्टमीको अवसर पारेर सोमबार फिल्म ‘हन्टर’ निर्माणको घोषणा भएको छ । यस फिल्मको निर्देशकको जिम्मेवारीमा जीवन सिंह छन् । उनको यो डेब्यू निर्दशन हो ।

निर्देशक सिंहका अनुसार एक्सन जनरामा निर्माण हुने यस फिल्मको कथा सुदूरपश्चिमको वास्तविक घटनाबाट प्रेरित छ । कथाबारे उनी भन्छन्, ‘फिल्मको कथा रियल पात्रबाट प्ररित छ । कथामा फिक्सन मिसाइनेछ ।’

निर्माण पक्षले शीर्ष भूमिकामा अरुण क्षेत्री रहने जनाएको छ । उनले यसअघि ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत चलचित्रमा अभिनय गरेका थिए ।

यो पनि…

फिल्मका अन्य कलाकार बिस्तारै सार्वजनिक गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा रहने यस फिल्म निर्माणमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहने बताइएको छ ।

हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको छायाङ्कन पश्चिम नेपालमा हुने बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ३१ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्