चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा « Khabarhub

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृष्ण जन्माष्टमीको अवसर पारेर सोमबार फिल्म ‘हन्टर’ निर्माणको घोषणा भएको छ । यस फिल्मको निर्देशकको जिम्मेवारीमा जीवन सिंह छन् । उनको यो डेब्यू निर्दशन हो ।

निर्देशक सिंहका अनुसार एक्सन जनरामा निर्माण हुने यस फिल्मको कथा सुदूरपश्चिमको वास्तविक घटनाबाट प्रेरित छ । कथाबारे उनी भन्छन्, ‘फिल्मको कथा रियल पात्रबाट प्ररित छ । कथामा फिक्सन मिसाइनेछ ।’

निर्माण पक्षले शीर्ष भूमिकामा अरुण क्षेत्री रहने जनाएको छ । उनले यसअघि ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत चलचित्रमा अभिनय गरेका थिए ।

यो पनि…

फिल्मका अन्य कलाकार बिस्तारै सार्वजनिक गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा रहने यस फिल्म निर्माणमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहने बताइएको छ ।

हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको छायाङ्कन पश्चिम नेपालमा हुने बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ३१ बजे

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल