‘जो राष्ट्रिय दल हुँदैनन्, उनीहरूका सांसदलाई स्वतन्त्र हैसियत दिनुपर्छ’ « Khabarhub

‘जो राष्ट्रिय दल हुँदैनन्, उनीहरूका सांसदलाई स्वतन्त्र हैसियत दिनुपर्छ’


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि राष्ट्रिय हैसियत बनाउन नसकेका दलका सांसदहरूलाई स्वतन्त्रको हैसियत दिनुपर्ने बताएका छन् ।

सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी प्रचार विभागको बैठकलाई सम्बोधनका क्रममा उनले साना दलको अस्तित्व नराख्ने गरी कानुन र संविधानमा संशोधन आवश्यक रहेको बताएका हुन् ।

‘नेपालमा पार्टीको संख्या घटाउने केही तरिका र अभ्यास हामीले गर्न सक्छौँ । अहिले पनि जो राष्ट्रिय पार्टी हुँदैनन्, उनीहरूका सांसद स्वतन्त्र हुन्छन् भनेर कानुनले मानिनिदिएको भए पार्टीको संख्या घट्थ्यो। उनीहरू स्वतन्त्र सांसद हुन्थे’, पोखरेलले भने, ‘थ्रेस होल्ड कटाउन नसकेका दलका सांसदलाई स्वतन्त्र हैसियत दिनेबित्तिकै उनीहरूले आफ्नो राजनीतिक भविष्यका लागि बलिया दल रोज्थे । यसो हुँदा साना दल क्रमश: कमजोर हुँदै जान्थे ।’

पोखरेलले नेपालको वर्तमान कानुनले पनि पार्टीहरूलाई बलियो बनाउने कुरामा रोकिरहेको बताएका छन् । ‘अहिलेको कानुनले पनि पार्टीलाई बलियो बनाउने कुरामा रोक लगाएको छ । अहिलेको कानुनले साना दललाई बलशाली बनाउने काम गरेको छ’, उनले भने, ‘लोकतन्त्रमा शासन गर्ने भनेको बलिया र ठूला पार्टीले हो । तर हाम्रोमा त साना दलले शासन गर्न थाले । त्यहीकारण लोकतन्त्रमा जनविश्वास पनि कमजोर हुने अवस्था उत्पन्न भएको छ ।’

उनले अब कानुनको सुधारबाट लोकतान्त्रिक स्थायित्वको आधार बनाउन सकिने बताएका छन् । ‘हामीले कानुन र संविधानको सुधारबाट पनि केही गर्न सकिन्छ । अहिले समानुपातिक निर्वाचन प्रणालीका कारण दलहरूलाई बहुमत आउँदैन भनिँदैछ । त्यो पनि आंशिक सत्य हो । अहिले पनि दलहरू लोकप्रिय भएमा एउटैको बहुमत आउन सक्छ । अहिलेको प्रणालीमा पनि एकै दलको बहुमत सरकार आउँदैन नआउने भन्ने चाहिँ होइन ।’

महासचिव पोखरेलले बहुमत जनताको समर्थन प्राप्त राजनीतिक दलका आधारमा एकल सरकार हुने अवस्थामा अहिले चुनौती रहेको उल्लेख गरे ।

‘अहिले जुन प्रकारको अस्थिरता छ, त्यसलाई कायम राखिरहने हो भने नेपालमा लोकतन्त्रप्रति जनताको भरोसा कायम राखिरहन सक्दैन । त्यतिञ्जेलसम्म राजनीतिक अस्थिरताले देश बिग्रिन्छ । लोकतन्त्रप्रति नकारात्मक धारणा बन्छ’, उनले भने, ‘अढाई सय वर्ष देशलाई अँध्यारोमा राख्ने राजतन्त्रप्रति त जनताले सकारात्मक धारणा राख्न थालेका छन् । हामीले यही अस्थिरतालाई राखिरहने हो भने जनताले पुराना कुरा बिर्सिएर आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सक्छन् । यस्ता कुरा छिटो बिर्सिन्छन् । त्यसैले हामी कानुन र संविधान संशोधनमा गएर ठूला दललाई बलियो बनाउने दिशामा अघि बढ्नु उचित हुन्छ ।’

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ४१ बजे

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड