रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण « Khabarhub

रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण


१० भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’ सँग ड्रोन ठोक्किएको छ । घटनामा चार जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

रोयटर्सका अनुसार सोमबार रसियामा २० ड्रोनहरू प्रहार गरिएको थियो । ती मध्ये, अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जानकारी अनुसार युक्रेनले ति ड्रोन खसालेको हो ।

आक्रमणबाट भवनको ठूलो हिस्सामा क्षति पुगेको छ । आक्रमणबाट भवन मुनि पार्किङ गरिएका २० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ । 

आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्, जसलाई अस्पतालमा भर्ना गरिएको छ । साराटोभ युक्रेनको सीमाबाट ९०० किलोमिटर टाढा छ । यस आक्रमणपछि सबै प्रकारका हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको छ । 

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ड्रोन ‘भोल्गा स्काई’ भवनतर्फ तीव्र गतिमा अघि बढिरहेको देख्न सकिन्छ । सेप्टेम्बर ११, २००१ मा, आतंकवादीहरूले यस तरिकाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा विमानहरू क्र्यास गरेका थिए । 

आतंकवादीहरुले ४ वटा विमान अपहरण गरेका थिए । तीमध्ये ३ वटा विमान एकपछि अर्को गर्दै अमेरिकाका ३ वटा महत्वपूर्ण भवनमा दुर्घटनाग्रस्त भएका थिए । यसलाई मानव इतिहासकै सबैभन्दा नराम्रो आतंकवादी आक्रमण मानिन्छ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  २ : १२ बजे

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र