रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण « Khabarhub

रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’ सँग ड्रोन ठोक्किएको छ । घटनामा चार जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

रोयटर्सका अनुसार सोमबार रसियामा २० ड्रोनहरू प्रहार गरिएको थियो । ती मध्ये, अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जानकारी अनुसार युक्रेनले ति ड्रोन खसालेको हो ।

आक्रमणबाट भवनको ठूलो हिस्सामा क्षति पुगेको छ । आक्रमणबाट भवन मुनि पार्किङ गरिएका २० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ । 

आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्, जसलाई अस्पतालमा भर्ना गरिएको छ । साराटोभ युक्रेनको सीमाबाट ९०० किलोमिटर टाढा छ । यस आक्रमणपछि सबै प्रकारका हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको छ । 

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ड्रोन ‘भोल्गा स्काई’ भवनतर्फ तीव्र गतिमा अघि बढिरहेको देख्न सकिन्छ । सेप्टेम्बर ११, २००१ मा, आतंकवादीहरूले यस तरिकाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा विमानहरू क्र्यास गरेका थिए । 

आतंकवादीहरुले ४ वटा विमान अपहरण गरेका थिए । तीमध्ये ३ वटा विमान एकपछि अर्को गर्दै अमेरिकाका ३ वटा महत्वपूर्ण भवनमा दुर्घटनाग्रस्त भएका थिए । यसलाई मानव इतिहासकै सबैभन्दा नराम्रो आतंकवादी आक्रमण मानिन्छ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  २ : १२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर