फेसबुकमा सरकारी छाप कीर्ते, जागिर खुल्यो भन्दै जालसाजी « Khabarhub

फेसबुकमा सरकारी छाप कीर्ते, जागिर खुल्यो भन्दै जालसाजी



काठमाडौं- बढ्दो बेरोजगारीसँगै युवापुस्तामा घरै बसीबसी अनलाइन जागिर खाने क्रम बढ्दो छ । तर, अनलाइनमा काम पाइन्छ भन्दै झुक्याउने ठगी धन्दा पनि त्यतिकै बढेको छ ।

अझ नेपाल सरकारकै विभिन्न मन्त्रालयको निशान छाप नै दुरुपयोग गरेर फेसबुकबाट फेक विज्ञापन गर्ने क्रम बढेको छ । बहालवाला मन्त्रीकै तस्बिर राखेर सामाजिक सञ्जालमा हालिएका त्यस्ता नक्कली विज्ञापन छापिँदासमेत सरकारले रोक्न सकेको छैन ।

फेसबुकमा हालिएको एउटा विज्ञापनमा नेपाल सरकार र पर्यटन बोर्डको लोगो प्रयोग गरिएको छ र भनिएको छ– कर्मचारी भर्ना । तलब १ हजारदेखि ५ हजारसम्म दैनिक दिइने र आफ्नो फुर्सदको समयमा काम गर्न सकिने बताउँदै भनिएको छ– ‘मोबाइल फोन प्रयोग गर्नुहोस् । कार्यस्थल नेपाल ।’

त्यस्तै, फेसबुकमा भेटिएको अर्को एउटा नक्कली विज्ञापनमा श्रम मन्त्रालयको लोगो र श्रममन्त्री शरतसिंह भण्डारीको तस्बिर प्रयोग गरिएको छ । भनिएको छ– तलब दैनिक एक हजारदेखि पाँच हजारसम्म ।

नेपाल बैंक लिमिटेडको लोगोसहित अनलाइन काम गरेर पैसा कमाउन सकिने विज्ञापनसमेत फेसबुकमा भेटिने गरेको छ । जसमा दिनमा २-५ घण्टा मात्रै काम गर्नुपर्ने, आकर्षक तलब समयमै भुक्तानी हुने भनिएको छ ।

त्यस्तै श्रम मन्त्रालयकै लोगो प्रयोग गरिएको अर्को विज्ञापन छ, जसमा उमेर २५ वर्ष नाघेको र अनुभवको कुनै आवश्यकता नभएको बताएको छ । एक घण्टा काम गरेको १५ सय र ३ घण्टा काम गरेको ४५ सय तलब भनिएको छ ।

यस्ता विज्ञापनले धेरै मानिसलाई झुक्याउने गरेको छ । कतिपयले ‘म इच्छुक छु’ भनेर कमेन्ट गरेको पाइन्छ । कमेन्टमा काम के गर्नुपर्ने, कति काम गरेपछि यति तलब हुने भनेर सोधेको पाइन्छ ।

नेपाल बैंक लिमिटेडका प्रवक्ता होमबहादुर खड्काले अनलाइनमा आएको विज्ञापन फेक भएको बताएका छन् । उनले भने, ‘बैंकमा एकघण्टा वा तीन घण्टाका लागि मात्रै कर्मचारी राख्ने भन्ने नै हुँदैन ।’

उनी थप्छन्, ‘त्यसमाथि पनि बैंकले कर्मचारीको माग गर्दा फेसबुकमा विज्ञापन दिँदैन । सकेसम्म हामीले संस्थान वा नाम चलेका सञ्चार माध्यममा विज्ञापन दिन्छौं, उमेर तोकेर, आकर्षक तबल र अनुभव पनि नभएका जस्ता कुरामा नागरिक सचेत हुनुपर्छ ।’

थापाले फेसबुकमा आएको बैंकको फेक विज्ञापन खबरहबले भनेपछि मात्रै थाहा भएको बताए । उनले बैंकको लोगो दुरुपयोग गरेर फेक विज्ञापन बनाउनेहरुलाई साइबर अपराधमा मुद्दा चलाउने बताए ।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता महेश पराजुलीले मन्त्रालयबाट कुनै किसिमका कर्मचारीको विज्ञापन नगरिएको बताए । उनी भन्छन्, ‘मन्त्रालयमा काम गर्ने अधिकांंश कर्मचारी निजामति अर्थात् लोकसेवा पास गरेका हुन्छन् । करारमा पनि कर्मचारी राख्दा पूरा समय काम गर्ने राखिएको हुन्छ । श्रम मन्त्रालयमा एक घण्टाको जागिर हास्यास्पद छ । यस्ता विज्ञापनका पछि नलाग्न अनुरोध गर्छु ।’

श्रममन्त्री भण्डारीको सचिवालयले फेक विज्ञापन गर्ने ५ जनालाई साइबर ब्युरोमा उजुरी हालिएको जानकारी गराएको छ ।

अधिवक्ता लोकेन्द्र वलीले कुनै पनि सरकारी, संस्थान वा निजी कार्यालयको लोगो अर्थात् छाप दुरुपयोग गर्नु किर्ते कसुर भएको बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारको कुनै पनि सरकारी कार्यालयको छापहरुको दुरुपयोग गर्नेमाथि किर्तेसम्बन्धी कसुर अन्तर्गत कारवाही हुन्छ ।’

वलीले भने, ‘कसैले सार्वजनिक हानीनोक्सानी, क्षति पुर्याउने, आफूलाई लाभ पुर्याउने नियतले झुटा लिखत तथा विद्युतीय अभिलेख आदि काम गरेमा किर्ते गरेको मानिन्छ ।’
मुलुकी अपराधसंहिता २०७४ को दफा २७६ ३९ग० मा सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ३ : १२ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा