राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’मा राजको प्रवेश « Khabarhub

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’मा राजको प्रवेश


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ राज नायक राज कटुवाल अनुबन्ध भएका छन् । उनी र निर्माण पक्षबीच कागजी सम्झौता भइसकेको छ ।

निर्देशक दिवाकर भट्टराईका अनुसार राजको प्रवेशसँगै मुख्य कलाकार चयनको काम पूर्ण भएको छ । राजसहित अन्य कलाकारको भूमिकाबारे निर्माण पक्षले केही खुलाएको छैन ।

यद्यपि निर्देशकले यस फिल्ममा ठूलो जिम्मेवारी दिएको राजको भनाइ छ । भन्छन्, ‘कुनै पनि फिल्ममा जोडिन पाउनु नै एउटा कलाकारकोलागि महत्त्वपूर्ण कुरा हो । तर निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ, साथै म आफैँले समेत धेरै मेहनत गर्नु पर्ने देखिएको ।’

निर्देशक भट्टराईले यस फिल्म पश्चात राजले एक स्थापित नायकको परिचय पाउने आशा राखेका छन् ।

यससँगै, एक्सन सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म अनुबन्ध भएका मुख्य कलाकारको संख्या ६ पुगेको छ । यसअघि राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्ध भएका हुन् ।

हमालको कमब्याक फिल्म भएकाले यो फिल्म निर्माण घोषणाको सुरुवातदेखि नै चर्चामा छ । यही फिल्ममा नायक सरोज खनाल र हमालले ३० वर्षपछि सहकार्य गर्दै छन् । उनीहरुले पछिल्लो समय २०५१ सालमा प्रदर्शनमा आएको फिल्म ‘सडक’मा सहकार्य गरेका थिए ।

‘नरसिंहाः अवतार’ क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको हो । भदौ अन्तिम साताबाट छायांकनमा निस्कने योजनमा निर्देशक भट्टराई रहेका छन् । फिल्मको लगानी ३ करोडभन्दा बढी रहने बताइएको छ ।

भट्टराईका अनुसार प्रदर्शन मिति केही दिनमा सार्वजनिक गरिने छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ५ : ४९ बजे

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ