ओलीविरुद्ध नाराबाजी भएपछि रिसाएका देउवाले भने- लाज नभएका बदमासहरू « Khabarhub

ओलीविरुद्ध नाराबाजी भएपछि रिसाएका देउवाले भने- लाज नभएका बदमासहरू


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र आफूविरूद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएका छन् ।

गौराको शुभकामना दिन मञ्चमा उक्लिएको बेला पनि नाराबाजी भएपछि देउवाले आक्रोश पोखेका हुन् ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन देउवासँगै पुगेका प्रधानमन्त्री ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको थियो ।

त्यसलाई लिएर देउवाले मञ्चबाटै आपत्ति जनाउँदै आक्रोश पोखेका हुन् ।

‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज सरम छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालीको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरूलाई न खेल्न दिएका छन् । कार्यक्रम बिथोल्न पछाडि बसे र जथाभावी बोलेका छन् ।’

त्यसक्रममा देउवाले मुलुकको कला संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । चाडपर्वले देशलाई सबै भागका जनतालाई जोड्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले पनि उक्त नाराबाजीप्रति असन्तुष्टि जनाए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण सद्‍भाव रहेको उल्लेख गरे ।

‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ’, उनले भने ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : १८ बजे

चिनियाँ राष्ट्रपति पुग्नुअघि रातो कार्पेटमा अमेरिकी सैनिकको तमासा (भिडियोसहित)

काठमाडौं– यतिबेला चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणमा छन् ।

एमालेमा २९ केन्द्रीय सदस्य मनोनीत, ओलीको प्रस्तावमा योगेश भट्टराईको नोट अफ डिसेन्ट

काठमाडौं– नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत

किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गरिनुपर्छ : मन्त्री चौधरी

ललितपुर– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका

भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक

चितवन– पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी