चुनावतिर एकीकृत समाजवादी : १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार मतदान « Khabarhub

चुनावतिर एकीकृत समाजवादी : १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार मतदान


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि निर्वाचन गर्ने भएको छ। 

गत असार १६-२० सम्म काठमाडौंमा दशौँ महाधिवेशन गरेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य छान्न मिनी निर्वाचन गर्न लागेको हो ।

महाधिवेशनबाटै पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य टुंग्याउन नसकेको समाजवादीले मंगलबार अर्को चुनाव गर्न लागेको हो । यद्यपि महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका नेपालले केन्द्रीय नेतृत्व सर्वसम्मत छानिको घोषणा प्रज्ञा भवनबाट गरेका थिए ।

तर उनको घोषणाविपरीत अब केन्द्रीय नेतृत्वका दुई तहमा समाजवादीले निर्वाचन गर्न लागेको हो । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र पोलिटब्यूरो सदस्य टुङ्गो लगाउन नसकेपछि निर्वाचनको बाटो रोजिएको हो । 

मंगलबार बिहान ७ बजेदेखि एकीकृत समाजवादीको बैठक बस्ने तालिका छ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान हुने पार्टी केन्द्रीय सदस्य आरती लामाले खबरहबलाई जानकारी दिइन्। 

उनका अनुसार सहमति नजुटेपछि केन्द्रीय सदस्यहरूले भोट हाल्ने गरी निर्वाचन हुन लागेको हो। वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने केन्द्रीय सदस्य सुदेश पराजुली बताउँछन् । 

पराजुलीका अनुसार सबैले चुनावमा जाँदा राम्रो हुने कुरा राखेपछि केन्द्रीय नेतृत्व पनि चुनावी  प्रक्रिया थाल्न तयार भएको हो । 

गत असार २० गते एकीकृत समाजवादीको अध्यक्षमा नेपाल  दोहोरिएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेतामा यथावत् गरिएको थियो । 

घनश्याम भुसाल महासचिवमै दोहोरिएका थिए ।  त्यसपछि अन्य पदाधिकारी टुंग्याउन समाजवादी नेतृत्व असफल भएको हो । 

अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ ।

एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी  रहने व्यवस्था छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ४५ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति