परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव लाख्वाबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव लाख्वाबीच भेटवार्ता


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वाबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री राणाले लामो समयदेखि नेपालले शान्ति मिसनमा सहभागी भएर  योगदान गरेको बताउँदै मिसनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्री राणाको भनाइ थियो ।

मन्त्री राणाले बुधवार नै राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गरेकी थिइन् । उक्त भेटमा दिगो विकासका लक्ष्य, जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो ।

यस्तै, परराष्ट्रमन्त्री राणा र  सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरुलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ९ : २३ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक