परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव लाख्वाबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव लाख्वाबीच भेटवार्ता


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वाबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री राणाले लामो समयदेखि नेपालले शान्ति मिसनमा सहभागी भएर  योगदान गरेको बताउँदै मिसनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्री राणाको भनाइ थियो ।

मन्त्री राणाले बुधवार नै राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गरेकी थिइन् । उक्त भेटमा दिगो विकासका लक्ष्य, जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो ।

यस्तै, परराष्ट्रमन्त्री राणा र  सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरुलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ९ : २३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली