सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु « Khabarhub

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडानमा पछिल्लो महिना हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ४३० नाघेको छ ।

देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा परेकाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ ।

गत वर्षदेखि हालसम्म यो द्वन्द्वमा डेढ लाखले ज्यान गुमाएका छन् । सुडानमा जारी द्वन्द्वका कारण उनीहरूले नियमित अवरोधको सामना गर्नुपर्ने चिकित्सा सहायता सङ्गठन डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले रिपोर्ट गरेको छ।

अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सत्ता संघर्ष चलिरहेको छ। जसका कारण करिब ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । बाली लगाउन नसक्दा भोकमरीको त्रास पनि बढेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हैजा एकदमै छिटो फैलिने रोग हो, जसले मृत्यु पनि निम्त्याउन सक्छ। यसको उपचार सजिलो भए पनि यसलाई ढिलो नगर्नु महत्त्वपूर्ण हुनेछ।

सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले अगस्टमा हैजाको प्रकोप भएको घोषणा गरेका थिए ।

युद्धकै क्रममा ठूलो वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी पनि बढेका छन् । कतिपय ठाउँमा यो रोग फैलिन नदिन विद्यालय र बजार बन्द गरिएको छ ।

नयाँ एमएसएफ रिपोर्ट अनुसार, गर्भवती महिला र बालबालिका स्वास्थ्य प्रणालीको पतनबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

जनवरी र अगस्टको बीचमा, दक्षिण डार्फर क्षेत्रमा ११४ गर्भवती महिलाको मृत्यु भएको छ। हजारौँ बालबालिकाले भोकमरीको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १० : ०४ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास