फोटो फिचर

खोला किनारबाट २० मिटरको मापदण्डविरुद्ध प्रदर्शन (तस्बिरहरू)

By खबरहब

September 26, 2024

काठमाडौं- उपत्यकामा खोला किनाराबाट २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

खोलानदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो ।

उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, गैरन्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

संघर्ष समितिका संयोजक सुमन सायमीले खोलानदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने मागसहित प्रदर्शन गरिएको जानकारी दिएका छन् ।