लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने « Khabarhub

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

देउखुरी– लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते ४५औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रुपमा मनाइने भएको छ ।

दाङको घोराहीमा प्रदेशस्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवसलाई मनाउन लागिएको हो । पर्यटन दिवसका अवसरमा असोज ११ गते जिल्ला समन्वय समिति घोराहीको खुल्ला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरी मनाइने जनाइएको छ ।

‘पर्यटन, न्याय र शान्ति’ भन्ने मूल नाराका साथ मनाइन लागेको दिवस सफल पार्न विभिन्न नौ उपसमिति गठन गरी तयारी गरिएको मूल समितिका संयोजक उपमहानगरपालिकाका कार्यवाहक प्रमुख हुमाकुमारी डिसीले जानकारी दिए। त्यस दिन हुने भव्य कार्यक्रमको उद्‌घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । 

प्रदेशका विभिन्न जिल्लाका पहिचान झल्किने लोक सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत हुने उपप्रमुख डिसीले जानकारी दिए। कार्यक्रममा लुम्बिनी प्रदेशका १० प्रकारका जातीय लोकनृत्य तथा सङ्गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

 गन्दर्भ समुदायको सारङ्गी धून, थारू जातिको बड्का नाच, देउखुरीको थारू जातिको कठघोरी नाच, सखिया नाच, पाल्पाको कौडा नाच, मगरको भुम्या नाच र सरङ्गे (मयूर) नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । उत्कृष्ट झाँकी र नृत्यहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाकै सहभागिता रहनेछ । आगन्तुक पर्यटकलाई जिल्लाका पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था पनि गरिएको छ ।

विभिन्न झाँकीसहितको ¥यालीले घोराही बजार परिक्रमा गर्नेछ । कार्यक्रममा प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेको पनि उपस्थिति रहने आयोजक समितिले जनाएको छ । यहाँको पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफल पार्न तयारी अन्तिम चरणमा रहेको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गालाल केसीले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १२ : ५२ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने