टाउको दुख्ने समस्या किन आउँछ ? यसरी बच्नुहोस् | Khabarhub Khabarhub

टाउको दुख्ने समस्या किन आउँछ ? यसरी बच्नुहोस्


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ । गर्मीको मौसममा मानिसमा देखिने एउटा प्रमुख समस्या हो, टाउको दुख्ने । यो मौसममा मानिसमा अत्यधिक मात्रामा टाउको दुख्ने समस्या हुने गर्दछ । तर यसलाई सामान्य मान्नु हुँदैन । यसको समयमा उपचार गरिहाल्नु पर्दछ ।

टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ । टाउको दुख्नु भनेको आफैंमा रोग होइन । कुनै पनि रोगको लक्षण मात्र हो । यो बिभिन्न कारणले हुन्छ। मेडिकल भाषामा  प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ ।

सामान्य समस्या हो भन्दै हामी उपचार गर्न जाँदैनौँ । केही समयमै सन्चो हुन्छ अथवा केही दिनमा ठिक हुन्छ भन्दै हामी टाउको दुख्ने समस्यालाई उति ख्याल राख्दैनौँ । यदि टाउको दुख्ने समस्यालाई हामीले लगातार बेवास्ता गरेको खण्डमा अरू बढी समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।

टाउको बिना कारण दुख्दैन । यो विभिन्न कारणले हुन सक्छ । त्यसैले टाउको दुख्न थाल्यो भने सकेसम्म चाँडै चिकित्सककोमा जानु पर्दछ । अन्यथा बिस्तारै टाउको दुख्ने समस्या बढ्दै गयो भने यो माइग्रेनको लक्षण पनि हुन सक्छ । त्यसैले तुरुन्त चिकित्सककहाँ पुगिहाल्नुपर्छ ।

टाउको दुख्दा घरमै गर्न मिल्ने केही उपचार

– कहिलेकाहीँ एकदमै टाउको दुख्यो भने खाली पेट भए तत्काल केही खानु पर्दछ । भोकले पनि टाउको दुख्ने गर्दछ ।

– टाउको दुख्नुमा अनिन्द्रा पनि हुन सक्छ, यसमा ध्यान दिने । यदि अनिन्द्रा हो भने सम्भव भएसम्म निदाउने प्रयास गर्ने र निन्द्रा लागुन्जेल पर्याप्त सुत्ने ।

– शरीरमा भएका केही गडबडीले पनि टाउको दुख्न सक्छ, यस्तोमा केवल १ गिलास चिसो पानी पिएमा दुखाई केही कम हुन सक्छ ।

– अत्यधिक टाउको दुखेमा चिसो पानीले आफ्नो मुख र टाउको धुनु पर्दछ । तर, लगातार धुनु हुँदैन ।

– अत्यधिक टाउको दुखेको वेला बेलुकी दूध पिउने हो भने पनि टाउको दुख्न कम हुन्छ ।

– कहिलेकाहीँ आँखाको पावरमा उतारचढाव आउँदा पनि टाउको दुख्न सक्छ । त्यसका लागि आँखाको जाँच गर्न जरुरी छ । तर लामो समयसम्म टाउको दुखि रह्यो भने तुरुन्तै सम्बन्धित चिकित्सककाे सल्लाह लिनु पर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : २१ बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ