खाद्य र पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढ्यो  « Khabarhub

खाद्य र पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढ्यो 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८१ साउन महिनामा वार्षिक खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धि क्रमशः ८.९० प्रतिशत रहेको थियो । 

समग्रमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ७.५२ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९४ प्रतिशत रहेको थियो भने अघिल्लो वर्ष सोही अवधिमा ६.६२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : १८ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६