चीन भ्रमण छोट्याएर फर्किए स्वर्णिमसहित रास्वपाका नेताहरू « Khabarhub

चीन भ्रमण छोट्याएर फर्किए स्वर्णिमसहित रास्वपाका नेताहरू


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू बिहीबार स्वदेश फर्किएका छन् ।

उपसभापति एवम प्रतिनिधिसभाका सांसद डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली बिहीबार दिउँसो स्वदेश फर्किएको हो ।

गोर्खा मिडियाका तत्कालीन निर्देशक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि अध्यक्ष रवि लामिछानेलाई पनि सरकारले पक्राउ तयारी गरेपछि उनीहरू बीचमै फर्किने योजना थियो ।

तर ५ असोजमा चीनतिर गएका उनीहरू सरकारविरुद्ध आक्रोशित मुद्रासहित भ्रमण सकेर फर्किएका हुन् ।

चीन गएका १४ जनामध्ये ८ जना बिहीबार स्वदेश फर्किँदा ६ जना भने शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् ।

सभापतिको पक्राउबारे सूचना आइरहँदा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाका १४ जना अघिल्लो शनिबार चीन पुगेका थिए ।

वाग्लेको नेतृत्वमा रहेको १४ सदस्यीय टोली शनिबार मध्यराति पौने १२ बजे चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौ गएको थियो ।

चीन जानेहरूमा पार्टी प्रवक्ता मनिष झा, पार्टीकी कोषाध्यक्ष लीमा अधिकारी, सांसद शिशिर, खनाल, गणेश पराजुली, अशीम शाह, शिव नेपाली, डा. तोसिमा कार्की थिए ।

त्यसैगरी केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ पनि चीन यात्रामा गएका थिए ।

उपसभापति वाग्ले लामिछानेका भरोसायोग्य नेता हुन् । उनी नहुँदा यहाँ रविलाई संकट परेको थियो । मनिस झा पार्टी प्रवक्ता भएकाले उनको भूमिका महत्त्वपूर्ण थियो ।

यस्तै सहकारी प्रकरणमा छानबिन समिति सदस्य शिशिर खनाल पनि चीन गएकाले रास्वपालाई सकस परेको थियो । तर अब रविको पक्राउ पनि तत्काल टरेको छ भने चीन गएका नेता पनि फर्किएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : ३८ बजे

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

बागमती– बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम

नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

कञ्चनपुर– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका

खालिदाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय

चिसोमा चटाइ र घूरको भर

महोत्तरी– बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा