सहकारी प्रकरणमा स्वर्णिम र मनिषको एकैस्वर : रविमाथि राजनीतिक प्रतिशोधको प्रतिकार गर्छौँ « Khabarhub

सहकारी प्रकरणमा स्वर्णिम र मनिषको एकैस्वर : रविमाथि राजनीतिक प्रतिशोधको प्रतिकार गर्छौँ


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका छन् ।

१० दिनको भ्रमणमा चीन गएका रास्वपाका नेताहरु सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सम्भावना बढेको भन्दै बिहीबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएपछि रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले अरुलाई जोगाउन आफ्ना सभापतिलाई रवि लामिछानेलाई मात्रै टार्गेट गर्न खोजिएको दाबी गरे।

उनले कुनै पनि राजनीतिक प्रतिशोधको पार्टीले कडा रुपमा प्रतिकार गर्ने पनि बताएका छन् ।

व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट लामिछानेले रकम नलिएको छानबिन समितिले नै प्रष्ट उल्लेख गर्दा पनि जबरजस्ती अपराधी बनाउन खोजिएको जिकिर उनले गरे ।

झाले सहकारी प्रकरण, पछिल्लो राजनीतिक अवस्थाबारे शुक्रबार पत्रकार सम्मेलन गरि आधिकारिक धारणा तय गर्ने जानकारी दिएका छन् ।

त्यस्तै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको भएकाले प्रतिकार गर्ने स्पष्ट पारे ।

वाग्लेको नेतृत्न्वमा १४ जना रास्वपा नेताहरू शनिबार चीन भ्रमणमा गएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : ४७ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी