नीति अनुसन्धानका क्षेत्रमा ‘आईएसएसआर’ सम्मानित  « Khabarhub

नीति अनुसन्धानका क्षेत्रमा ‘आईएसएसआर’ सम्मानित 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नीतिगत अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान संस्थान (आईएसएसआर) सम्मानित भएको छ । बिहीबार नीति अनुसन्धान प्रतिष्ठानको छैठौं वार्षिकोत्सव समारोहका अवसरमा नीति तथा अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नीति सम्मानतर्फ आइएसआरलाई सम्मान गरिएको हो ।

समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले संस्थाका निर्देशक तथा सञ्चालक समिति सदस्य नरेश श्रेष्ठलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रतिष्ठानको सिफारिस समितिले १२५ वटा संस्थामध्येबाट नीति अनुसन्धानका क्षेत्रमा योगदान पुर्याउने तीनवटा संस्था छनौट गरेको थियो । 

तीनवटा संस्था आईएसएसआर पनि छनौटमा परेको थियो । 

आईएसएसआरसहित नीति अनुसन्धानका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै समृद्धि फाउन्डेसन र नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट पनि सम्मानित भएका छन् । दुवै संस्थाका तर्फबाट उपस्थिति  प्रतिनिधिहरूलाई सभामुख देवराज घिमिरेले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

पूर्व मूख्यसचिव डा. सोमलाल सुवेदी संयोजक रहेको सिफारिस समितिले तीनवटा संस्थाको छनौट गरेको थियो । त्यस्तै, प्रतिष्ठानले वर्ष कर्मचारीतर्फ पनि तीनजनालाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीका तर्फबाट पदमबहादुर जिरेल र दिपेन्द्र पन्तलाई सम्मान गरिएको थियो । त्यस्तै, वर्ष उत्कृष्ट कर्मचारीका रुपमा रिजा मानन्धर सम्मानित भएका थिए । उत्कृष्ट कर्मचारीलाई पनि सभामुख घिमिरेले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

वार्षिकोत्सव समारोहमा संस्थाका कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्माले संस्थाको परिचय र वार्षिक कार्य प्रगति प्रस्तुत गरेका थिए । नीति अनुसन्धान प्रतिष्ठानका डा. खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जारी सन्देश वाचन गरेका थिए । प्रधानमन्त्री ओली देश बाहिर रहेकाले उनका तर्फबाट अधिकारीले शुभकामना सन्देश वाचन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा। युवराज खतिवडा समेतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको नीति अनुसन्धान परिषद्  प्रतिष्ठान विकास समिति(गठन) आदेश, २०७५ अनुसार स्थापनामा भएको संस्था हो । प्रतिष्ठानले नेपाल सरकार विभिन्न नीतिका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी प्रमाणका आधारमा सुझाव उपलब्ध गराउने गरेको छ ।

त्यस्तै, संविधानको निर्देशक सिद्धान्तहरु (धारा ५०) र राज्यका नीतिहरु (धारा ५१) नीति अध्ययनका मामिला तथा विषयवस्तुको आधार र कुनै एक विशिष्टीकृत क्षेत्र नभइ सबै क्षेत्रका नीति अध्ययन अनुसन्धान गर्न सक्ने कार्यक्षेत्र संस्थालाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  २ : ५१ बजे

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको