एक दिन पनि टिकेन शेयर बजारको हरियाली, ३२ अंकले घट्यो नेप्से  | Khabarhub Khabarhub

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, ३२ अंकले घट्यो नेप्से 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेन । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१ अंकले घटेको हो । 

बिहिबार नेप्से १.३० प्रतिशतले घटेर २४८६.७६ विन्दुमा पुगेको छ । दिनभरमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर कारोबार भएको छ । 

आज ३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ६५ हजार २५८ पटक शेयर किनबेच भएको छ । 

बिहीबार १३ वटा समूहमध्ये २ समूहमा हरियाली देखिएको छ भने बाँकी ११ वटा समूह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.३० अंकले बढेर ६ हजार ६७५.९६ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह १.०१ प्रतिशतले बढेर ३ हजार ४८५.२१ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह २.३४ प्रतिशतले घटेर ६ हजार ५३.०४ विन्दुमा पुगेको छ । 

त्यस्तै वाणिज्य बैंक १.१५ प्रतिशतले, विकास बैंक १.१७ प्रतिशतले, फाइनान्स २.०७ प्रतिशतले हाइड्रोपावर २.३० प्रतिशतले, लगानी १.७० प्रतिशतले, जीवन बीमा ०.९३ प्रतिशतले, लघुवित्त १.३१ प्रतिशतले, म्युचुआल फण्ड ०.२९ प्रतिशतले, निर्जीवन बीमा ०.२९ प्रतिशतले र अन्य समूह ०.९७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ३ : १९ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु