एक दिन पनि टिकेन शेयर बजारको हरियाली, ३२ अंकले घट्यो नेप्से  « Khabarhub

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, ३२ अंकले घट्यो नेप्से 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेन । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१ अंकले घटेको हो । 

बिहिबार नेप्से १.३० प्रतिशतले घटेर २४८६.७६ विन्दुमा पुगेको छ । दिनभरमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर कारोबार भएको छ । 

आज ३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ६५ हजार २५८ पटक शेयर किनबेच भएको छ । 

बिहीबार १३ वटा समूहमध्ये २ समूहमा हरियाली देखिएको छ भने बाँकी ११ वटा समूह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.३० अंकले बढेर ६ हजार ६७५.९६ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह १.०१ प्रतिशतले बढेर ३ हजार ४८५.२१ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह २.३४ प्रतिशतले घटेर ६ हजार ५३.०४ विन्दुमा पुगेको छ । 

त्यस्तै वाणिज्य बैंक १.१५ प्रतिशतले, विकास बैंक १.१७ प्रतिशतले, फाइनान्स २.०७ प्रतिशतले हाइड्रोपावर २.३० प्रतिशतले, लगानी १.७० प्रतिशतले, जीवन बीमा ०.९३ प्रतिशतले, लघुवित्त १.३१ प्रतिशतले, म्युचुआल फण्ड ०.२९ प्रतिशतले, निर्जीवन बीमा ०.२९ प्रतिशतले र अन्य समूह ०.९७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ३ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका