राजनीति

राप्रपाका पूर्वसह-महामन्त्री शर्मा राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

By खबरहब

September 26, 2024

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री आनन्द शर्मा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका छन् ।

बिहीबार राष्ट्रिय मुक्ति क्रान्तिको केन्द्रिय कार्यालय शंखमूल पुगेर शर्मा राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका हुन् ।

वीरगञ्ज निवासी शर्मालाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले खादा, माला तथा टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्दै शर्माले आफ्नो पूर्व पार्टी राप्रपाले बाटो बिराएपछि अब मुलुकको निकास राष्ट्रिय मुक्ति क्रान्तिबाट मात्र सम्भव देखेकोले आफूले पार्टी प्रवेश गरेको बताए ।

मुलुकको नेतृत्व आफूहरूले गर्नुपर्ने बेला आएको बताउँदै शर्माले अब राजेन्द्र महतोको नेतृत्वमा एकवद्ध भएर आफ्नो मुद्दा लिएर जनताबीच जाने बताए ।