‘घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक’ « Khabarhub

‘घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक’


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले संस्कारमुखी शिक्षा आवश्यक रहेकामा जोड दिएका छन् ।

शिक्षा विकास निर्देशनालय पोखराद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्यांकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए ।

मन्त्रालयले यस आर्थिक वर्षको बजेटमा व्यावसायिक र नैतिकवान् शिक्षालाई जोड दिएको बताउँदै उनले ‘फ्राइडे फर फ्युचर’, सिक्दै कमाउदै, अभिभावक शिक्षालगायत कार्यक्रमलाई समेटिएको जानकारी दिए। यी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि उनले निर्देशन दिए ।

शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षा आवश्यक भएको उनको भनाइ छ । उनले भने, ‘मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढीकरण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्छ ।’

तथ्यांकको विश्वसनीयतामा शंका नआउनेगरी यथार्थपरक तथ्यांक उपलब्ध गराउनुपर्ने बताउँदै उनले तीनवटै तहको सरकार मिलेर शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने धारणा राखे ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको ‘सर्टिफिकेट’मा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए।

यसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने बताउँदै उनले सही तथ्यांकको आवश्यकतामा जोड दिए । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेशस्तरमा शैक्षिक तथ्यांकको विश्वसनीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। मन्त्रालयले बिग्रँदो, हराउँदो संस्कारलाई परिवर्तनगरी समाज र व्यक्ति सुधार गर्न शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उनले बताए।

मन्त्रालयअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कानसहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको बताए। शुक्रबार सम्म चल्ने कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू र ८५ वटै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरूको सहभागिता छ । 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ५ : ५४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग