सुस्ता पुगेर राष्ट्रपतिले गरे भूमि बचाउन भिडेका नेपालीको प्रशंसा « Khabarhub

सुस्ता पुगेर राष्ट्रपतिले गरे भूमि बचाउन भिडेका नेपालीको प्रशंसा


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- राष्ट्रपति रामचन्द्र पौडेल पश्चिम नवलपरासीस्थित सुस्ता क्षेत्र पुगेका छन् ।

सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्न पौडेल त्यहाँ पुगेका हुन् ।

बिहीबार सुस्तामा बोल्दै यो पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा उनले खुसी व्यक्त गरे । डबल स्प्यानको झोलुङ्गे पुल १५७१ मिटर लामो छ।

राष्ट्रपति पौडेलले झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने बताए।

यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था पुलले सिर्जना गरेको उनले बताए ।

सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास उनले लिए ।

उनले पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको पनि बताए ।

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणी धाम नजिकैको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने सम्भावना बोकेको बताए ।

पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गरे ।

उनले नारायणी नदी पारीको भूभागमा पुल निर्माण भइसकेपछि विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको बताए।

राष्ट्रपति पौडेलले सुस्ता बचाउका लागि भएको आन्दोलनमार्फत देशको भूमिको रक्षा गरेकोमा सुस्तावासीलाई राष्ट्रको तर्फबाट धन्यवाद दिए ।

अब नागरिकता नपाएका सुस्तावासीलाई नागरिकता र लालपूर्जा पनि दिलाउने आश्वस्त गराए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ६ : ४६ बजे

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।