गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु | Khabarhub Khabarhub

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गाजा पट्टी – इजरायलले एउटा विद्यालय–आश्रयस्थमा बिहीबार गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरू बताएका छन् । यद्यपि इजरायली सेनाले हमास कमान्ड केन्द्रलाई लक्षित गरेको बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट युद्ध सुरु भएपछि घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख जनसङ्ख्याको ठूलो हिस्सा कम्तीमा एक पटक विस्थापित भएको छ र तीमध्ये धेरैले विद्यालय भवनहरूमा आश्रय लिएका छन् ।

“उत्तरी गाजाको जबालिया शिविरमा रहेको अल–फलुजा विद्यालयलाई लक्षित गरी भएको इजरायली मिसाइल आक्रमणमा बालबालिकासहित सात जना सहिद भए भने धेरै घाइते भएका छन्”, नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भने।

इजरायली सेनाले अल–फलुजा विद्यालयमा रहेको कमान्ड–एन्ड कन्ट्रोल केन्द्रभित्र सक्रिय हमास लडाकूहरूलाई लक्षित गरी ‘सटिक आक्रमण’ गरेको बतायो । सैन्य विज्ञप्तिमा हताहतीका बारेमा कुनै जानकारी दिइएको थिएन ।

बिहीबार भएको आक्रमण गाजामा करिब एक वर्षदेखि जारी युद्धमा विस्थापितहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएका इजरायली आक्रमणहरूको शृङ्खलामा यो पछिल्लो थियो ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले सेप्टेम्बर ११ मा मध्य गाजाको संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित अल–जौनी विद्यालयमा भएको इजरायली आक्रमणमा मारिएका १८ मध्ये आफ्ना छ जना कर्मचारी रहेको बताएपछि अन्तर्राष्ट्रिय आक्रोश बढेको थियो ।

इजरायली सेनाले हमासमाथि हजारौँ गाजाबासीहरूले आश्रय लिइरहेका विद्यालय भवनहरूमा लुकेको आरोप लगाउँदै आएको छ भने ती आरोपलाई हमासले अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ८ : १९ बजे

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

कैलाली– धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको