काठमाडौं नगर प्रहरीलाई सशस्त्र प्रहरीद्वारा तालिम « Khabarhub

काठमाडौं नगर प्रहरीलाई सशस्त्र प्रहरीद्वारा तालिम


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल, युएन शान्ति स्थापना शिक्षालयले काठमाडौँ नगर प्रहरीलाई शान्तिसुरक्षा र भीड नियन्त्रणसहित व्यावसायिक जिम्मेवारीसँग सम्बन्धित एक महिनाको आधारभूत तालिम प्रदान गरेको छ ।

काठमाडौं महानगरपालिकाले गत असारमा नयाँ भर्ना लिएका नगर प्रहरीमध्ये ३९ महिलासहित एक सय १० जनालाई पहिलो चरणमा तालिमका लागि त्यहाँ पठाएको थियो । शिक्षालयले शान्तिसुरक्षा, भीड नियन्त्रण, अनुशासन, व्यावसायिक जिम्मेवारी, समन्वय, सहकार्य र रणनीतिक अभ्यासका विषयमा तालिम प्रदान गरेको हो ।

शिक्षालय परिसरमा आज आयोजित दीक्षान्त कार्यक्रममा बलका वरिष्ठ उपरीक्षक एवं शिक्षालयका समादेशक राजेन्द्र खड्काले छोटो अवधिको आधारभूत भए पनि नगर प्रहरीका हैसियतले कार्यक्षेत्रमा खटिइ जिम्मेवारी बहन गर्दा तालिममा सिकेका ज्ञान फलदायी हुने विश्वास व्यक्त गरे ।

महानगरपालिकाको अनुरोधमा शिक्षालयले पहिलो पटक नगरप्रहरीलाई यो तालिम प्रदान गरेको हो । महानगरपालिकाले आगामी एकमहिनाभित्रै एक सय तीन जनाको दोस्रो समूह पनि त्यहाँ पठाउने टुङ्गो गरेको छ ।

महानगरपालिकाको सुरक्षा नेतृत्वले छोटो अवधिको तालिम भए पनि आफ्ना नयाँ भर्ना सुरक्षा जनशक्तिलाई कार्यक्षेत्रमा गर्नुपर्ने शान्तिसुरक्षालगायत मामिलामा प्रदान गरिएको शिक्षा महत्वपूर्ण रहेको भनी प्रशंसा गरे ।

महानगरपालिकाले मुख्य कार्यालय, मीनभवन, टेकु र बसपार्कलगायतका स्थानबाट नगर प्रहरी परिचालन गर्दै आएको छ । पछिल्लो समय स्थानीय सरकारले करार र स्थायी दरबन्दी कायमगरी आ–आफ्ना नगर प्रहरी राख्ने अभ्यास छ । स्थानीय तहको अनुरोधमा त्यस्ता नगर प्रहरीलाई गृह मन्त्रालयसँग स्वीकृत लिइ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट तालिम प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ९ : ३८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका