अनुराग कश्यप निर्मित नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शन « Khabarhub

अनुराग कश्यप निर्मित नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शन


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनिस, ह्याम्बर्ग र बुसानजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले नेपालमा फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेको छ ।

विदेशमा ‘पूजा सर’ शीर्षक दिएर प्रिमियर गरिएको यो फिल्म नेपालमा भने ‘राजागंज’ नाम दिएर प्रदर्शनमा ल्याउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

यस फिल्मको केन्द्रीय पात्र आशा मगराती हुन् । उनले पूजा थापाको भूमिका निर्वाह गरेकी छन् । महिलाप्रधान यस फिल्ममा आशासहित निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, पुष्पा यादव र रिंकु गायत्री लगायतको अभिनय छ । अभिनेता दयाहाङ राई, विजय बराल, घनश्याम मिश्रा  र परमेश्वर झा लगायतले पुरुष पात्रको भूमिका निभाएका छन्‌ ।

अभिनेता दयाहाङ ‘राजागंज’ एक साहसी महिलाको कथा भएको बताउँछन् । फिल्मबारे उनी थप्छन्, ‘यो फिल्म कला र व्यवसायको उत्कृष्ट संगम हो । यसको मेकिङ, टेक्निकल लेयर्स र प्रस्तुति उच्चस्तरको छ ।’

राजागंज निर्देशक दीपक ‘नेपाली फिल्म’लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने फिल्मकर्मी हुन् । सन् २०१२ मा उनको फिल्म ‘हाइवे’ बर्लिन फिल्म फेस्टिभल सहभागी भएको थियो । त्यसअघि कुनै पनि नेपाली फिल्म यो तहको प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन गरिएको थिएन ।

उनै निर्देशकको यस फिल्मका प्रमुख निर्माता बलिउडका सफल निर्देशक तथा निर्माता अनुराग कश्यप हुन् । उनले भेराइटी म्यागेजिनको एक अन्तर्वार्तामा यो फिल्ममा जोडिनु सौभाग्य रहेको बताएका छन्‌ ।

उनले भनेका छन्‌, ‘ह्वाइट सन हेरेदेखि म दीपकको कामको फ्यान भएको थिएँ र उनले अर्को कुन फिल्म गर्लान् भन्ने प्रतिक्षामा थिएँ ।’

अनुरागको सहभागीताले पनि यस फिल्मले चर्चा कमाएको छ । दीपक दोस्रो फिल्म ‘ह्वाइट सन’ भेनिस, टोरोन्टो, लोकान, रोटडर्याम, बुसान, सिड्नी लगायतका महोत्सवहरूमा छानिएको थियो भने सिंगापुर र पाम स्प्रिङ्ग्समा उत्कृष्ट फिल्मको अवार्डसमेत जितेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : १२ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा