आज २०८१ साल कात्तिक १० गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १० गते शनिबारको राशिफल


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १० गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर २६ तारिख । कात्तिक कृष्ण पक्षको नवमी तिथि । नक्षत्रअनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। आज लगानीका क्षेत्र जोखिममा छन्। व्यापारमा मन्दी आउनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। सरकारी कर्मचारी भए बढुवा हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : तपाईंले राम्रो शब्द बोले पनि गलत अर्थ लगाउने साथी सक्रिय छन्। बौद्धिक साथीले सहयोग नगर्दा मन अशान्त बन्नेछ। सप्तम भावमा शुभग्रह रहेकाले परिवारको साथ मिल्नेछ। परिवारमा माया बढ्नेछ।

मिथुन : स्वदेशमा रोजगारीको क्षेत्र पत्ता लाग्नेछ। बन्धुको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। परिवारमा राम्रो घुलमिल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिनको सुरुवात रमाइलो हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक संगठनमा तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। परोपकार गर्ने हिम्मत गर्नुपर्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा महत्त्वकांक्षा बढ्दा धोका हुनेछ।

सिंह : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। शरीरको रोग निको हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : लगानीमा सहकार्य गरेका साथीले आक्रमण गर्ने जोखिम छ। बन्धुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। रोग प्रतिरोधी क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

तुला : तपाईंको सफलतामा दाग देखाउने साथीभाइ सक्रिय भएकाले सचेत बनेर अगाडि बढ्नुपर्नेछ। लगानीका क्षेत्रमा बेफाइदा हुनेछ। आफूभन्दा ठुला व्यक्तिको सहयोग लिएर अगाडि बढेको खण्डमा काम बन्नेछ। परिवारमा भने खटपटी बढ्नेछ।

वृश्चिक : दैनिकी भन्दा धेरै काम नगर्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। भाग्यको स्थानमा शुभग्रह भएकाले मन शान्त बन्नेछ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आम्दानी भन्दा खर्च बढेर जानेछ। सञ्चित धनलाई जोगाउने प्रयास गर्नुपर्नेछ। इज्जत जोगाउन खर्च भए पनि कानुनी लडाइँमा जित तपाईंको हुनेछ। धार्मिक व्यक्तिसँगको सल्लाहले मनमा उत्साह थपिनेछ।

मकर : शुभ ग्रहको बल भएकाले अन्त्य साढेसाती दशा भए पनि आम्दानी र खर्च बराबर हुनेछ। दाजुभाइसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

कुम्भ : मध्य साढेसाती दशा भए पनि शुभग्रह तपाईंका दाहिना छन्। शिक्षाका क्षेत्रमा गरेको लगानीबाट सान्त्वना मिल्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ। भाग्यको स्थानमा शुक्र कमजोर भएकाले ठुलो काम गर्ने योजना भए परिवारको साथ लिनु आवश्यक देखिन्छ।

मीन : दिन सहज छ। मनमा नयाँनयाँ भावना उर्लने छन्। लगानीका क्षेत्रमा स्वदेशमा भन्दा वैदेशिक लगानीमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। खानपानमा ख्याल नगर्नाले रोगको प्रकोप बढ्नेछ। परिवारमा भने सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्ने योग छ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : ३१ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र