नेपालको वित्तीय अवस्था सन्तोषजनक छ : गभर्नर अधिकारी « Khabarhub

नेपालको वित्तीय अवस्था सन्तोषजनक छ : गभर्नर अधिकारी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी– नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् ।

शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई अमेरिकामा सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राखेका हुन् । गभर्नर अधिकारीले भने, ‘नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ । नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ ।’ उक्त फोरममा सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको थियो ।

सार्क फाइनान्स गभर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छललफल भएको जनाइएको छ ।

गभर्नर अधिकारीले अर्थमन्त्री विष्णु पौडेलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहभागी भएर विश्व बैङ्कको विभिन्न बैठकमा सहभागिता जनाउँदै आएका छन् । यसैगरी, ‘साइडलाइन’ बैठकअन्तर्गत शुक्रबार नै गभर्नर अधिकारीले पाकिस्तानका गभर्नर जमेल अहम्मदसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : १४ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी