विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी « Khabarhub

विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको छ ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४ ओभर ५ बलमा बिना विकेट लक्ष्य पूरा गरेको थियो ।

स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा अल आउट हुँदै १४४ रन बनाएको थियो ।

अमेरिकाका लागि शाड्ली भान शाल्कवीकले सर्वाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए ।

स्कटल्याण्डका ब्राड कुरीले ४ विकेट, ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिए ।

यो जितपछि स्कटल्याण्ड लिग–२ मा ८ खेलबाट ११ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ९ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

अब सिरिज अन्तर्गत आइतबार राति नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ५१ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२