‘माओवादीको खबरदारी सभाले नै सरकार थुरथुर काँप्यो’ « Khabarhub

‘माओवादीको खबरदारी सभाले नै सरकार थुरथुर काँप्यो’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले खबरदारी सभा गर्दा नै सरकार थुरथुर काँपेको टिप्पणी गरेका छन् । 

काठमाडौंको प्रदर्शनी मार्गमा जारी खबरदारी सभा सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माओवादीको प्रदर्शनले थुरथुर काँपेको टिप्पणी गरेका हुन् । 

‘सामान्य खबरदारी सभा गर्दा यो सरकार थुरथुर काँपीरहेको छ । उसले आफ्नो अवसान देख्न सुरु गर्‍यो । त्येही भएर सभामाथि यत्रो प्रश्न उठाएर सडकबाट सरकार बदल्ने कुरा नगर्नु भनिरहेको छ,’ सचिव शाक्यले भने । 

उनले माओवादीको शनिबारको खबरदारी सभा सरकार परिवर्तन गर्ने अभियान नभएकोसमेत दाबी गरे । ‘यो कुनै सरकार बदल्ने अभियान पनि होइन । आन्दोलन पनि होइन,’ शाक्यले भने, ‘यो सामान्य खबरदारी सभा हो ।’

उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षाका निम्ति गठन भएको आरोप पनि लगाए ।

‘यो सरकार भ्रष्टाचारको रक्षाका निम्ति आएको हो । यो षडयन्त्रको निम्ति आएको हो,’ उनले भने ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  २ : ४२ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक