‘माओवादीको खबरदारी सभाले नै सरकार थुरथुर काँप्यो’ « Khabarhub

‘माओवादीको खबरदारी सभाले नै सरकार थुरथुर काँप्यो’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले खबरदारी सभा गर्दा नै सरकार थुरथुर काँपेको टिप्पणी गरेका छन् । 

काठमाडौंको प्रदर्शनी मार्गमा जारी खबरदारी सभा सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माओवादीको प्रदर्शनले थुरथुर काँपेको टिप्पणी गरेका हुन् । 

‘सामान्य खबरदारी सभा गर्दा यो सरकार थुरथुर काँपीरहेको छ । उसले आफ्नो अवसान देख्न सुरु गर्‍यो । त्येही भएर सभामाथि यत्रो प्रश्न उठाएर सडकबाट सरकार बदल्ने कुरा नगर्नु भनिरहेको छ,’ सचिव शाक्यले भने । 

उनले माओवादीको शनिबारको खबरदारी सभा सरकार परिवर्तन गर्ने अभियान नभएकोसमेत दाबी गरे । ‘यो कुनै सरकार बदल्ने अभियान पनि होइन । आन्दोलन पनि होइन,’ शाक्यले भने, ‘यो सामान्य खबरदारी सभा हो ।’

उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षाका निम्ति गठन भएको आरोप पनि लगाए ।

‘यो सरकार भ्रष्टाचारको रक्षाका निम्ति आएको हो । यो षडयन्त्रको निम्ति आएको हो,’ उनले भने ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  २ : ४२ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली