सत्तापक्षलाई प्रचण्डकाे सत्तोसराप – ‘तपाईंहरू कुहिएर झर्नुहुन्छ’ « Khabarhub

सत्तापक्षलाई प्रचण्डकाे सत्तोसराप – ‘तपाईंहरू कुहिएर झर्नुहुन्छ’

‘सरकार ढाल्न होइन, ढल्ला कि भन्ने चिन्ताले खबरदारीसभा आयोजना’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तारुढ घटक दलहरूमाथि सत्तोसराप गरेका छन्‌ ।

सो पार्टीले शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले सत्तापक्ष आफैँ कुहिएर झर्ने बताएका हुन्‌ ।

‘तपाईंहरू जसरी भ्रष्टाचारीको रक्षाका निम्ति सुशासनको विपक्षमा, बिचौलियाहरूको पक्षमा जाँदै हुनुहुन्छ,’ प्रचण्डले भने, ‘तपाईंहरू आफैं कुहिएर झर्नुहुनेछ ।’

सरकार भ्रष्टाचारीको रक्षाको निम्ति बिचौलियाको पक्षमा गइरहेको आरोप लगाउँदै दाहालले सत्ता पक्ष कुहिएर झर्दा माओवादीलाई दोष दिन नपाइने भन्दै सरकार ढाल्नका लागि खबरदारी सभा आयोजना नगरिएको दाबी पनि गरे ।

‘हामीलाई दोष दिन पाउनुहुने छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘अहिले हामीले यो सरकार ढाल्नका लागि खबरदारी सभा गरेको पनि होइन ।’

उनले माओवादीको खबरदारी सभालाई सरकारले गम्भीरतापूर्वक नलिए भोलिको दिन कस्तो हुने भनेर सभाले संकेत गरिसकेको दाबीसमेत गरे ।

‘सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ,’ दाहालले थपे, ‘म सरकारलाई गम्भीर रूपले लिन चुनौती दिन चाहन्छु ।’ 

दाहालले असोज दोस्रो साता परेको अविरल वर्षापछि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानका बेला सरकारले राहत तथा उद्धारमा देखाएको गैरजिम्मेवारीपना आगामी दिनमा नदोहोर्‍याउन पनि सुझाव दिए ।

उनले बाढीपहिरोका क्रममा सरकारले चरम लापरवाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापरवाही नगर्न खबरदारी गरे । ‘हिजोको लापरवाही फेरि नदोहोरियोस् । राहत र पुनर्स्थापनाको काम जिम्मेवारीपूर्वक निभाइयोस्,’ दाहाल भने । 

वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पङ्क्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सय दिन पुग्दा-नपुग्दै आफूहरूले गरेको आशंका सरकार आफैँले पुष्टि गरेको बताए । 

उनले माओवादी केन्द्रले खबरदारी सभा राख्नेबित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको बताए । 

‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौँ, बरु सरकार ढल्छ भनेर, थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो,’ दाहालले भने । 

माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : ४५ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री