भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्ने : मुख्यमन्त्री आचार्य « Khabarhub

भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्ने : मुख्यमन्त्री आचार्य


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्व तहबाट पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् । 

भ्रष्ट्राचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का बारेमा आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताए। 

उनले वडा तहमा हुने भ्रष्ट्राचार उजुरीलाई समेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेमा जोड दिए। 

उनले भने, ‘सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ, हामी सबै पारदर्शी बन्यौँ भने भ्रष्ट्राचार आफैँ न्यूनीकरण भएर जान्छ ।’

लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पुर्‍याएको उनले जानकारी दिए। भ्रष्टाचारलाई शून्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पञ्चवर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताए। 

‘सुशासन कायम नभइराख्दा भ्रष्टाचार बढेर जान्छ, तपाईं जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो’, उनले भने, ‘भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ, प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चलाई कटौती गरेर अगाडि बढिरहेका छौँ ।’

उनले भ्रष्टाचार शून्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तहलगायत जिम्मेवारीमा रहेकाहरूमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको धारणा राखे । मुख्यमन्त्री आचार्यले जिम्मेवारीमा रहेका सबैमा नैतिक आचरण हुने हो भने भ्रष्टाचार शून्यमा झार्न सकिने बताए।

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणबारे आयोजना गरिएको छलफलमा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यान्वयन गर्ने सन्दर्भमा सो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : १४ बजे

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग

डुप्लेसी नचल्दा चुकेको विराटनगर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ