भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्ने : मुख्यमन्त्री आचार्य « Khabarhub

भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्ने : मुख्यमन्त्री आचार्य


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्व तहबाट पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् । 

भ्रष्ट्राचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का बारेमा आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताए। 

उनले वडा तहमा हुने भ्रष्ट्राचार उजुरीलाई समेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेमा जोड दिए। 

उनले भने, ‘सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ, हामी सबै पारदर्शी बन्यौँ भने भ्रष्ट्राचार आफैँ न्यूनीकरण भएर जान्छ ।’

लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पुर्‍याएको उनले जानकारी दिए। भ्रष्टाचारलाई शून्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पञ्चवर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताए। 

‘सुशासन कायम नभइराख्दा भ्रष्टाचार बढेर जान्छ, तपाईं जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो’, उनले भने, ‘भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ, प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चलाई कटौती गरेर अगाडि बढिरहेका छौँ ।’

उनले भ्रष्टाचार शून्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तहलगायत जिम्मेवारीमा रहेकाहरूमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको धारणा राखे । मुख्यमन्त्री आचार्यले जिम्मेवारीमा रहेका सबैमा नैतिक आचरण हुने हो भने भ्रष्टाचार शून्यमा झार्न सकिने बताए।

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणबारे आयोजना गरिएको छलफलमा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यान्वयन गर्ने सन्दर्भमा सो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : १४ बजे

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक