आयोजकले जित्यो रोलिङ च्यालेन्ज कपको उपाधि « Khabarhub

आयोजकले जित्यो रोलिङ च्यालेन्ज कपको उपाधि


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको धुलाबारीमा सम्पन्न आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ ।

मेचीनगरको धुलाबारीमा आज भएको फाइनल खेलमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई आयोजक रोलिङ क्लवले टाइब्रेकरमा पराजित गरेको हो । टाइब्रेकरमा रोलिङ क्लबले मानेभञ्ज्याङलाई ३–१ गोल अन्तरले जित निकालेको हो ।

खेलको ४२ औँ मिनेटमा रोलिङ क्लबका लागि रोहण कार्कीले पहिलो गोल गरेका थिए । मानेभञ्ज्याङका लागि ६६औँ मिनेटमा कप्तान सोनाम जङ्पोले एक गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । फाइनल खेलको प्लेयर अफ दी म्याच रोलिङ क्लबका गोल रक्षक युवराज पुरीलाई प्रदान गरिएको थियो । उहाँलाई नगद रु पाँच हजार र ट्रफी दिइएको थियो ।

उपाधि विजेता रोलिङ क्लबले नगद रु तीन लाख, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता मानेभञ्ज्याङले नगद रु एक लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलरक्षक रोलिङ क्लबका अभिषेक बराल, उत्कृष्ट डिफेन्डर रोलिङ क्लवका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर मानेभञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङ क्लबका नीरज कार्की, उच्च गोलकर्ता रोलिङ क्लवका उत्सव राई र प्रशिक्षक रोलिङ क्लबका सचिन्द्र धिमाल भए ।

रोलिङ क्लवका रोहण कार्की सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । कात्तिक ३ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका जम्मा आठ वटा टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : २६ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,