नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन | Khabarhub Khabarhub

नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदिक अनुसन्धान गुठी (वाग्)ले नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ को प्रकाशन गरेको छ । गुठीले शुद्धस्वरुपमा वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेदसंहिताका ४० अध्याय प्रकाशन गरेको हो ।

वैदिक सनातन धर्म, दर्शन, संस्कार, संस्कृति, संस्कृतसंबद्ध ग्रन्थहरूको संरक्षण तथा प्रवद्र्धन, प्राचीन तथा अर्वाचीन ग्रन्थको अध्ययन, अनुसन्धान, सम्पादन, व्याख्या, विश्लेषण, अनुवाद तथा प्रकाशन, वैदिक वाङ्मयको प्रविधिमैत्री पाठ्यक्रम, पाठ्यपुस्तक र श्रव्यदृश्य पाठ्यसामग्री निर्माण, गुरुकुल एवं आश्रम सञ्चालन गरी संस्कृत, संस्कार र संस्कृतिको अध्ययन, अध्यापन र प्रचार–प्रसार, वैदिक वाङ्मयप्रति आस्थावान् व्यक्तिलाई जागरुक बनाई विशेषज्ञ उत्पादनको एकाइ निर्माण गर्ने उद्देश्यले एक वर्षअघि स्थापना भएको गुठीको यो पहिलो प्रकाशन हो ।

वेदपाठको नियमसहित समावेश गरिएको ग्रन्थको सम्पादन गुठीको संस्थापक अध्यक्षसमेत रहनुभएका युवा सन्त डा स्वामी केशवानन्द गिरिले गरेका हुन् । दुईदेखि चार जनासम्म ब्राह्मणले वेद पाठ गर्दा कति, कति अध्यायसम्म विभाजन गरी गर्ने भन्ने जानकारी समेत यो पत्रे वेदमा दिइएको छ । पुस्तकमा वेद पाठका नियमसहित वेदाध्यायीको नियम र आचरण, वर्ण एवं वर्णोच्चारणका नियम, वेद पाठ विधिलगायत विषय पनि समावेश गरेर सहज बनाइएको छ ।

पुस्तकमा वेदको महत्व, वेदको विभाजन, शुक्ल यजुर्वेद नाम रहनुमा कारण, यजुर्वेदको शाखा, वाजसनेयि माध्यन्दिन संहिता, काण्व संहिता, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विषयवस्तु, चार वेदको संक्षिप्त विवरण, वेदका अङ्गहरु, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विवरणलगायत विषयसमेत समावेश गरिएको छ । विधिअनुसार वेद पाठ गर्न चाहनेका लागि पुस्तक सहयोगी हुने देखिन्छ ।

कागेश्वरी मनोहरा–६ निवासी मुरारिप्रसाद फुयाँल एवं उहाँकी धर्मपत्नी सुशीला फुयाँलको सहयोगमा यो ग्रन्थ एक हजार एक प्रति छपाइ गरिएको हो । नेपाली कागज र सामान्य कागज गरी दुई थरी पुस्तक प्रकाशन गरिएको छ ।

कपडाको वासासहितको पुस्तक गुठीको कार्यालय गौरीघाट र पशुपतिनाथ मन्दिरस्थित शङ्कराचार्य मठमा पाउन सकिन्छ । नेपाली कागजमा प्रकाशन गरिएको पुस्तकको रु ११ हजार १११ र सामान्य कागजमा प्रकाशन गरिएको पुस्तकको मूल्य रु एक हजार १११ तोकिएको छ । पुस्तक बिक्रीबाट प्राप्त स्रोत वैदिक क्षेत्रका बारेमा गुठीले गर्ने अध्ययन, अनुसन्धामा खर्च गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ३० बजे

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कसल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै