देश र जनताको हितमा काम गरौँ : माधव नेपाल « Khabarhub

देश र जनताको हितमा काम गरौँ : माधव नेपाल


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षमताअनुसार देश र जनताको हितमा काम आग्रह गरेका छन् ।

मध्यपुरथिमिमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा भक्तपुर सूर्यविनायक निवासी साहित्यकार छन्दविज्ञान निरौलाद्वारा लिखित ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’ पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

“जे गरौँ, जताबाट गरौँ, जसले जे गर्न सक्छ सो आफ्नो ठाउँबाट गरौँ, देश र जनताको हितका लागि काम गरौं,” अध्यक्ष नेपालले भने, “हामी सबैको फरकफरक क्षमता दक्षता छ, त्यही दक्षता र क्षमताअनुसार देश र जनताका हितमा काम गर्ने हो ।” उनले देश र जनताको हितमा किताब लेखेर पनि काम गर्न सकिने बताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बलबहादुर केसीले प्रकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाललाई विश्वमाझ चिनाउन यस्ता पुस्तक उपयोगी हुने चर्चा गरे।

त्यसअवसरमा लेखक निरौला, वागमती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री डा राजेन्द्रमान श्रेष्ठ, नेकपा समाजवादीका जिल्ला अध्यक्ष श्याम वस्नेतले पुस्तकमा नेपालको इतिहासमात्रै नभई सोलुखुम्बू जिल्लाको इतिहासबारे विस्तृत विवरण समेटेर त्यसबारे जानकारी दिन सफल रहेको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १० : २७ बजे

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका–३

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न