सप्तरीमा दुई दिनभित्रै ३८ जना पक्राउ | Khabarhub Khabarhub

सप्तरीमा दुई दिनभित्रै ३८ जना पक्राउ


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सप्तरी : सप्तरीमा दुई दिनको अवधिमा विभिन्न ठाउँबाट ३८ जना फरार अभियुक्त र आरोपितलाई पक्राउ गरिएको छ ।

गत कात्तिक १३ गते एकै दिन २४ जनालाई पक्राउ गर्न सफल सप्तरी प्रहरीले आज विभिन्न मुद्दाका ३८ जना अभियुक्तलाई पक्राउ गरी दुई वर्ष चार महिना २१ दिन कैद र रु ७४ हजार ४५० रुपैयाँ असुल गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार आज बलात्कार घटनाका अभियुक्त सप्तरीको बोदे बरर्साइन नगरपालिका–६ का हृदयलाल यादवलाई पक्राउ गरिएको छ । अदालतबाट उनलाई छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला भएको जनाइएको छ ।

यसैगरी बोक्सीको आरोप लगाएको आरोपमा दुई महिना १९ दिन कैद सजायपश्चात् फरार रहेका सप्तरीको राजविराज नगरपालिका–९ का प्रदीप नुनिया पक्राउ परेका छन् । सप्तरीको सुरुङगा नगरपालिका–३ का जसीलाल चौधरीलाई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी रु एक हजार असुल गरिएको प्रनाउ बस्नेतले बताए ।

बहुविवाहका फरार अभियुक्त सप्तरीको विष्णुपुर गाउँपालिका–१ का अजय यादव र सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१४ का अभिजित मण्डल पनि पक्राउ परेका छन् । अदालतले यादवलाई २८ दिन कैद र रु १० हजार जरिवाना तथा मण्डललाई रु १० हजार जरिवानाको फैसला गरेको थियो ।

बिगो लेनदेन मुद्दामा फरार रहेका सप्तरीको महदेवा गाउँपालिका–२ का मिस्टर यादवलाई पक्राउ गरिएको छ । उनलाई १० महिना कैद सजायको फैसला भएको छ । यस्तै आठ महिना कैद सजायपछि फरार रहेका अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ का भगवती भगत पक्राउ परेका छन् ।

चोरी आरोपमा उनलाई अदालतले आठ महिना कैदका साथै रु छ हजार छ सय ७८ जरिवाना गरेको छ । चोरी आरोपमा सप्तरीको मलेठ–७ का झरी सदा र सालको चिरान काठ चोरी आरोपमा सप्तरीको तिलाठी कोइलाडी–३ का वंशी मुखिया पक्राउ परेका छन् । सदालाई रु एक हजार र मुखियालाई रु दुई हजार एक सय ४० जरिवाना भएको छ ।

लागुऔषध मुद्दाका अभियुक्त राजविराज नगरपालिका– ९ का अरुणकुमार सदा पक्राउ परेका छन् । लागुऔषध आरोपमा उनलाई २३ दिन कैद र रु दुई हजार जरिवानाको फैसला भएको थियो ।

कुटपिट, लुटपाट मुद्दाका १० जना, कुटपिट मुद्दाका नौ जना, लुटपाट मुद्दाका दुई जना, सवारी अङ्गभङ्ग मुद्दाका दुई जना तथा कीर्ते, जालसाजी, गाली–बेइज्जती, चेक अनादर र नाता कायम मुद्दाका एक–एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गरी कैद र जरिवाना असुल गर्ने अभियान नै सञ्चालन गरेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । रासस

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : २० बजे

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल