कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक « Khabarhub

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्जलाई निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको छ ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको वित्तीय अवस्था समस्या उन्मुख देखिएको भन्दै थप निक्षेप र कर्जा प्रवाहमा रोक लगाइएको जनाएको छ ।

बैंकले तोके बमोजिमको न्यूनतम पुँजी कोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०।८५ कायम हुने लगायत कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको राष्ट्र बैंकले जनाएको छ ।

सो बैंकका निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले मंगलबारबाट लागू हुने गरी थप निक्षेप सङ्कलन गर्न, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले  निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले कर्णाली डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा थप निक्षेप सङ्कलन, नयाँ निक्षेप खाता र कर्जा प्रवाहमा रोक लगाइएको सूचनामा जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : ३१ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका