चिसो बढेपछि कालीगण्डकीमा जलयात्रा बन्द | Khabarhub Khabarhub

चिसो बढेपछि कालीगण्डकीमा जलयात्रा बन्द


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्‍याफ्टिङ (जलयात्रा) बन्द भएको छ ।

वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिए ।

पहिलो याममा सेप्टेम्बरमध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन गरिएको हो । विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्‍याफ्टिङ सञ्चालन गरिएको पुनले बताउनुभयो । नदीमा पानी अत्यधिक चिसो भइसकेकाले अब मार्चदेखि जुनसम्म अर्को यामको जलयात्रा सुरु हुने उनको भनाइ छ ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा आउने पर्यटक कोभिड सङ्क्रमणपछि यस वर्ष उच्च रहेको सलोम र्‍याफ्टिङ ट्रेक एण्ड एक्सपेन्डिसनका सञ्चालक देव रेग्मीले जानकारी दिए । उनका अनुसार लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्‍याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको पनि आकर्षण बढ्दै गएको उनले बताए ।

कालीगण्डकी नदीमा यस वर्ष तीन हजारभन्दा बढीले जलयात्रा गरेको रेग्मीले बताए । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन कोभिडपछि यस वर्ष उच्च मात्रामा बढेको रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : ४९ बजे

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।